समय : ०३:१४ am | शुक्रबार , असाेज ३ गते २०८१

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८१

दाङ ।लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१  विभिन्न कार्यक्रम गरेर मनाउदै छ ।


आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन ।


सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गरेका हुन ।

असोज २ गते अर्थात आज देखी प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईदैछ । कार्यालय परिसरमा सरसफाई गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिदैछ । यस्तै प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गरिएको छ । 

संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल कार्यक्रम आज हुदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो । 

आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावलि गर्न सरकारले आह्वान गरिसकेको छ । असोज ३ गते अर्थात भोली संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो । 

लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह हुदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने छ । 

कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । जिल्ला समारोह समिति संग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरुमा विरामीको निःशुल्क प्रयोगशाला परिक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने छ । 

यस्तै असोज ४ गते पर्सी उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाईएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्