समय : १०:०३ pm | बिहिबार , असाेज ३ गते २०८१

अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनीको अध्यक्षमा पुष्कर शर्मा निर्वाचित

सन्तोष सुनार | भाद्र २९ गते २०८१

प्यूठान ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेशको अध्यक्षमा प्युठानका पुष्कर शर्मा निर्वाचित भएका छन । भदौ २७ र २८ गते घोराहीमा सम्पन्न दोस्रो सम्मेलनले नया समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाँइ, रमेश पाण्डे, महिला उपाध्यक्षमा मीना डाँगी, सपना पौडेल र उपाध्यक्ष समावेशीतर्फ मदन घर्ती निर्वाचितभएका छन । त्यस्तै प्रमुख सचिवमा महेश बस्नेत, सचिवमा ललितबहादुर विष्ट, सचिव (समावेशी) तर्फ जयकुमार श्रेष्ठ, सचिव (महिला) तर्फ सन्ध्या पाण्डे र कोषाध्यक्षमा मदन रावल निर्वाचित भएका हुन । दोस्रो सम्मेलनले ६१ सदस्यीय नयाँ कमिटी निर्माण गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्