समय : ०७:१३ am | शुक्रबार , पौष १२ गते २०८१

सहकारीकर्मीहरुको प्रथम जिल्ला भेला

राधिका भुषाल | जेठ ४ गते २०८१

प्यूठान । समृद्धिको लागि सहकारी भन्ने नारा सहित माओवादी केन्द्र निकट सहकारीकर्मीहरुको प्रथम जिल्ला भेला बिहिबार सम्पन्न भएको छ । सहकारी केन्द्र नेपाल, प्यूठानको सहित स्मृति प्रतिस्ठान सभाहल जुम्रीमा भएको भेलाले २७ तदर्थ समिति गठन समेत गरेको छ ।


उमाराम पौडेलको अध्यक्षतामा सबै पालिकाबाट प्रतिनिधित्व रहने गरी २७ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्षमा दुर्गा रेग्मी, सचिव नरेश्वर लम्साल, सह सचिव लाल बहादुर जि.सी र कोषाध्यक्षमा निर्मला पोख्रेल चयन भएका छन् । भने सदस्यहरुमा बलभद्र के.सी, सुनिल सापकोटा, उमा शर्मा, कमला थापा, रुपा केसी, दिन बहादुर जि.सी, तुलसा सुवेदी, शान्त बहादुर नेपाली, अनिल ताम्राकार (सुनार), पदम बुढा, मुना रावत, मनुका घर्ती मगर, केशर बहादुर पुलामी, लक्ष्मी आचार्य, नारायणी रेग्मी, गिरी राज पौडेल लगायत रहेका छन् ।


नेकपा माओवादी केन्द्रका केन्दिय सल्लाहकार बोम बहादुर भण्डारीले पार्टी प्रति योगदान गरेकाहरुले खासै राम्रो फल पाउन नसकेको गुनासो पोख्दै पार्टी एउटा संगठन भएकोले त्यसमा व्यक्तिको भन्दा सांगठनिक निर्यण हुनु पर्ने बताए । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं भेलाको प्रमुख अतिथि सरस्वती न्यौपानेले जुनसकै क्षेत्रमा पनि सचेत र इमान्दर भएर नेतृत्व गर्न जरुरी रहेको बताइन् । निम्न वर्गको लागि सहकारीको माध्यमबाट सहयोग गर्न सकिने समेत उनको भनाइ थियो । नेकपा माओवादी भित्र गैर माओवादीहरुले फाइदा लिइरहेको हुंदा अब शुद्धिकरण लाग्नु पर्ने माओवादी केन्द्र प्यूठानका संयोजक प्रभात के.सीले बताए । पार्टी भित्र पनि सहकारीको सबै खालका सिद्धान्त लागु गर्न जरुरी रहेको बताउदै कमाइ गर्न ठुलो कुरा नभई बचत गर्न सिक्नु ठुलो कुरा भएको के.सीले बताए । राज्यको तीन खम्बे नीति अन्तरगत एक खम्बा सहकारी भएकोले सहकारीको विकल्प नभएको सहकारी अभियन्ता प्रकाश वैद्यको भनाइ थियो । विश्वमा जतिपनि विकसित मुलुकहरु सहकारीको माध्यमबाट विकासको फड्को मार्न सफल भएकोले हामी पनि सहकारीले पनि सहकारीलाई विकासको माध्यम बनाएर अगाडि बढ्न जरुरी रहेको कार्यक्रम सहभागी वक्ताहरुले बताए ।


प्रथम भेलाबाट निर्वाचित तदर्थ समितिले प्यूठानका नौ वटै स्थानिय तहहरुमा समिति बनाउने अध्यक्ष उमाराम पौडेलले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्