समय : ०६:३१ am | आइतबार , भाद्र २३ गते २०८१

माण्डवीको मुख्य बजारमा सिसी क्यामेरा जडान

स्वर्गद्वारी अपडेट | मंसिर २५ गते २०८०

प्युठान।माण्डवी गाउँपालिकाकाको व्यापारिक केन्द्र जस्पुर बजारमा पालिकाले सिसिटिभी जडान गरेको छ।

बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्यले सिसिटिभी जडान गरिएको माण्डवी गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत प्रकाश पाण्डेले बताए।उनले भने –" रोल्पा र प्युठानको मुख्य दोवाटो भएको हुँदा दैनिक सवारीसाधनहरुको भिड हुने गर्छ, सिसी क्यामेरा जडान गर्दा प्रहरीलाई आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गर्न सहजता हुने र प्रमाणसहितको अनुसन्धानमा सहयोग पुग्ने हुँदा जडान गरिएको अधिकृत पाण्डेको भनाई रहेको छ।    

चालू आवको स्वीकृत बजेट अनुसार झण्डै रु १० लाखको लागतमा जस्पुर बजारमा डिजिटल स्मार्ट बोर्ड जडान, फ्री ईन्टरनेट जोन र  देबिस्थानमा गरि ५ वटा सिसी क्यामेरा जडान गरिएको छ।जडित सिसी क्यामेराको अनुगमन अस्थाई प्रहरी पोस्ट जस्पुरले गर्नेछ। केहि वर्ष अघी जडान गरिएका सिसि क्यामेराहरु मर्मत तथा संरक्षण नहुँदा अलपत्र परेको थियो।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्