समय : ०६:३३ am | आइतबार , भाद्र २३ गते २०८१

स्वयंसेविका दिवस अवसरमा स्वयंसेविकालाई मोबाईल वितरण

स्वर्गद्वारी अपडेट | मंसिर १९ गते २०८०

प्युठान। आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस प्युठानमा  विभिन्न कार्यक्रम गरी दिवस मनाइँएको  छ।

स्वर्गद्वारी नगरपालिका वडा ५ मा २० औं महिला सामुदायिक स्वयंसेविका दिवस अवसरमा महिला स्वयंसेविकालाई मोबाइल वितरण गरि उत्कृष्ट स्वयंसेविका लुमा गोराथोकी लाई सम्मान गरिएको छ।  

त्यस्तै स्वर्गद्वारी नगरपालिका वडा ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति  मगरले स्यानिलेख सारी स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रलाई २/२ वटा अक्सिजन कन्सलटेटर हस्तान्तरण गरेको बताए।

कार्यक्रममा कार्यपालिका सदस्य सारदा बुढाथोकी, वडा सदस्य अम्विका सुनार, शहदेव राउत समाजसेवी गंगाराम बुढाथोकी लगायत साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका अध्यक्ष सहभागी थिए।

कार्यक्रम सञ्चालन स्वास्थ्य चौकी प्रमुख केशव भण्डारीले गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्