समय : ०६:३९ am | आइतबार , भाद्र २३ गते २०८१

माण्डवी घोराही एकता समाज गठन-अध्यक्षमा आचार्य

स्वर्गद्वारी अपडेट | मंसिर १६ गते २०८०

दाङ।माण्डवी घोराही एकता समाज गठन गरिएको छ । प्युठानको माण्डबी साविक तिराम, मर्काबाङ, उदयपुरकोट,नयाँगाउँ,रम्दी क्षेत्र बाट दाङको घोराहीमा आएर बसोबास गरिरहेकाहरुले शनिबार घोराहीमा एक कार्यक्रम गरि समाजको गठन गरेका हुन्।

लोकराज आचार्यको नेतृत्वमा नवगठित ११ सदस्यीय समाजको उपाध्यक्षमा माधब पण्डित र सचिवमा डिल्ली पौडेल छन्। यस्तै सहसचिवमा सावित्रा महरा, कोषाध्यक्षमा बद्रीप्रसाद अधिकारी रहेका छन् भने सदस्यहरुमा गिरिराज अधिकारी,हेमराज अधिकारी, केशब गौतम,माधव अधिकारी,हेमराज पोख्रेल र विनोद अधिकारी रहेका छन्।

आज गठन गरिएको माण्डबी घोराही एकता समाजले बैसाख महिनाभित्र अधीवेशन गर्नेगरी समाजको सदस्यता शुल्कबापत १०० रुपैयाँ तोक्ने निर्णय गरेको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्