समय : ०७:०८ am | आइतबार , भाद्र २३ गते २०८१

लामपोखरीमा ऐतिहासिक मेला भोलि हुने

स्वर्गद्वारी अपडेट | मंसिर १ गते २०८०

 प्युठान ।जिल्लाको माण्डबी गाउँपालिका १ तिराम लामपोखरीमा  ऐतिहासिक मेला भोलि हुने भएको छ।

माण्डबी गाउँपालिका वडा १ तिराममा प्रत्येक बर्ष पंचमी दिन लामपोखरी ऐतिहासिक मेला हुने मेला व्यवस्थापन समिति संयोजक चन्द्र प्रसाद शर्माले बताए।उनले भने - “ कार्तिक २८ गते सोहि मेलालाइ ब्यबस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सर्बपक्षिय बैठक बसि मेला ब्यबस्थापन समिति गठन गरिएको हो ।"यस मेलामा ८ -१०  ठाउँ बाट क्लवको देउसी भैलो र बिशेष मारुनी नाँच हुने संयोजक शर्माको भनाई छ।

माण्डबी गाउँपालिका वडा -१ तिरामका वडा अध्यक्ष बाम बहादुर बुढाले भने “लामपोखरी मेला गाउँ पंच्यात पाला देखि नै मेला लागिरहेको हो यसपाली ब्यबस्थित र शान्तिपूर्ण ढङ्गले हुनेछ।” थप्दै उनले भने यो मेला ७ बर्ष पहिला रातिमा हुने थियो ,तर रातको समयमा झैँ झगडा हुने हुँदा हामीले दिनमा   शुरु गरेको अध्यक्ष बुढाले बताए।

मेलामा रमाईलोका लागि विभिन्न स्थानीय नाँच, स्थानीय किसान, उद्यमीले उत्पादन गरेका बस्तुहरुको किनबेच समेत हुने गर्दछ । मेलामा प्युठान जिल्ला तथा बाहिरी जिल्लाबाट समेत मानिसहरु आउने गर्दछन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले समेत बजेट छुट्याउने र व्यवस्थापन गर्ने काम गर्न थालेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्