स्वर्गद्वारी अपडेट समाचार डेक्स ।जनआन्दोलन २०६२र६३ मा घाइते भएका ‘ज्यूँदो शहीद’ काभ्रेको बनेपाका मुकेश कायस्थको निधन भएको छ ।उहाँको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा हिजो बेलुका निधन भएको हो ।२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो ।मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभयो ।सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।