समय : ०४:५८ am | बिहिबार , फागुन २७ गते २०८२

चट्याङ लागेर ताप्लेजुङमा पुरुषको मृत्यु 

स्वर्गद्वारी अपडेट | वैशाख १६ गते २०८०
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ। शव परीक्षणका लागि आज जिल्ला अस्पताल लगिने कार्कीले बताए। केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।

यो पनि पढ्नुहोस्