समय : ०४:४४ am | बिहिबार , फागुन २७ गते २०८२

आज देशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ। शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्