स्वर्गद्वारी अपडेट समचार डेक्स । आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ । दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाण्डौमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।







