समय : ०६:२३ am | बिहिबार , फागुन २८ गते २०८२

  माण्डवीको विकास र समृद्धिको दिशा

स्वर्गद्वारी अपडेट | फागुन १४ गते २०७९
  स्वर्गद्वारी अपडेट।माण्डवी गाउँपालिकाको पछिल्लो गतिविधिको चौतर्फी आलोचना भैरहेको छ। तत्कालीन स्थानीय निर्वाचनमा बनेको गठवन्धनले निर्वाचन जिते पनि विकास र समृद्धिमा भने उल्लेख्य प्रगति हुन नसकेको स्थानीयहरुको गुनासो छ।तत्कालीन स्थानीय निर्वाचनमा बनेको समिकरण अनुसार गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमराज अधिकारी र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका पुर्ण प्रसाद कालाथोकी विजयी भए।विगतको स्थानीय सरकारको आलोचना सहित एकै ठाउँ उभिएर विकास र समृद्धिका हिसावले समग्र गाउँपालिकाकै मुहार फेर्ने रणनीति सहित निर्वाचन जितेका दुई शिर्ष व्यक्तित्व विचको टकरावले  विकास र समृद्धि ओझेलमा  पर्ने  त होइन  पालिकाबासिहरुको यो सोचनीय बिषय बनेको छ ।तत्कालीन सरकारका जनप्रतिनिधिले सरकारी साधन तथा ईन्धनको दोहन गरेको आरोप लगाउने गरेका वर्तमान अध्यक्ष अधिकारीले सरकारी कामकाज बाहेक अन्य गतिविधिमा समेत सरकारी गाडी प्रयोग गर्ने गरेको खुलेको छ।एक आपसमा समन्वय नहुँदा एक जना पुगे हुने योजना तथा कार्यक्रममा दुवै पुग्ने गरेका छन्। विकास र समृद्धिका नाममा अनेक गफ र फण्डाहरु बाड्न भने स्थानीय सरकार पछाडी परेको छैन।अध्यक्ष  र उपाध्यक्ष विच सम्बन्ध सुमधुर बन्न नसकेकै कारण उपाध्यक्ष कालाथोकीले स्थानीय निर्वाचनमा जनता सामु वाँडेको सपना र दिएको आश्वासन पूरा गर्ने गरि फरक खालको कार्यतालिका नै सार्वजनिक गरेका छन्।यसै विच उपाध्यक्ष कालाथोकीले फागुन २ गते गरेको कर्मचारीको अनुगमन र फागुन ३ गते कर्मचारी वनभोज जाँदा सरकारी साधनको प्रयोग गरेकौ कारण प्रसङ्ग अनुसार स्थानीय मिडिया तथा विभिन्न अनलाइनहरुमा समाचारहरु प्रकाशित हुँदा जनप्रतिनिधि र कर्मचारी विचको दुरी बढेको छ।तत्कालीन स्थानीय निर्वाचनमा जनता सामु अनेक फण्डाहरु बाँडेका तर काम भने सोही अनुसार नभएको नेकपा एमाले माण्डवी गाउँकमिटीको आरोप छ।प्रसङ्ग छ,निशुल्क  स्वास्थ्य विमा,गाउँपालिका वासीहरुको निशुल्क  स्वास्थ्य विमा गराउने भनी भ्रमपुर्ण  तरिकाले पालिका भरका अधिकांशले फारम भरेका थिए ।स्थानीय सरकारले निशुल्क  स्वास्थ्य विमा गराउनेमा ढुक्क बनेका स्थानीयहरु पालिकाले मापदण्ड सार्वजनिक गरे सँगै आक्रोशित बनेका छन्।यति मात्र होइन विभिन्न ठुला र गौरवका आयोजना समेत निर्धारित समयमा पूरा भैरहेका छैनन्।उता गाउँपालिका सरकारवाट हुने सेवा समेत प्रभावकारी बन्न नसकेको गुनासो बढीरहेको छ।

यो पनि पढ्नुहोस्