समय : ०८:२६ am | बिहिबार , फागुन २८ गते २०८२

 मोटरसाइकल अनियन्त्रित भई पल्टिदा २ जना घाइते

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । तुलसीपुरमा गएराती मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् । गएराती साढे ११ बजेको समयमा तुलसीपुर १३ फुलबारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ३ प ५८५० नं. को मोटरसाईकल रनियापुरमा दुर्घटना भएको थियो । दुर्घटनाबाट मोटरसाइकल चालक तुलसीपुर १५ मलवारका ३४ वर्षीय शिवराज डाँगी र मोटरसाइकलमा सवार तुलसीपुर १३ का ४३ वर्षीय तेज प्रसाद पौडेल घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस्