समय : ०८:०९ am | बिहिबार , फागुन २८ गते २०८२

पोखरामा विमान दुर्घटनाको प्रारम्भिक कारण ‘प्राविधिक त्रुटि’ : आयोग

स्वर्गद्वारी अपडेट | माघ २४ गते २०७९
स्वर्गद्वारी अपठडेट प्यूठान ।पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ । माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको हो । आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको जानकारी गराउनुभएको छ । फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान सिङ्गापुरमा रहेको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेटिभ ब्युरोमा गरिएको हो । छानबिनको अन्तिम प्रतिवेदन आउन समय लाग्ने विज्ञप्तिमा उल्लेख छ । माघ १ गते ६८ जना यात्रु र चालकदलका चार सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलको धावनमार्ग नजिकै सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।  
 

यो पनि पढ्नुहोस्