फागुन १० गते २०८०
06:40: AM
फागुन १० गते २०८०
06:40: AM

राजनीतिक बजारमा चिया गफ

असार २९ गते २०७९
7:39 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
  लेखकः लव कुमार अधिकारीमौसम चाहे चिसो होस् या तातो मलाई खासै फरक पर्दैन । मेरो दैनिकी जुन मौसम भएपनि बिहानी शुरवात नै फिक्का चियाको सुर्की बाट हुन्छ । त्यसपछि नित्य कर्म त छदै छ । सायद अरु कुनै कुरामा अम्मली नभएर होला चिया खुब पिउछु । मलाई कुनै समयले पर्वाह गर्दैन, मतलब चिया पिउन कुनै टाईम टेबल छैन जो संग जति बेला पनि चिया को अफर ईन्कार गर्दिन । साथीभाई संग बसेर चियाको सुर्की लगाउदै थरि– थरिका गफ –राजनीतक, प्रेम, काम, पुग्नु पर्ने ठाउँ, योजना ,आदि–आदि यी प्राय दोहोरीरहन्छन् । आजकल त ट्रेन नै चलेको छ , कार्यक्रम होस या नया ठाउ किन नहोस चिया नपिउदै चियाको फोटो फेसबुकमा राख्न हतार हुन्छ । त्यस पछि चिया सुरुप्प ! हुन त सजिलै जता कतै पाईने भएर पनि होला । बढीजसो चिसो मौसममा त यसो चोकका चिया पसल चहार्ने हो भने स्टिलको गिलास भरि चिया हालेर सुर्की लाउदै गरेका केटाकेटी ,अधबैसे र वृद्धहरुको हुल छ्याप –छ्याप्ती देख्न सकिन्छ । जाडोमा त गाउँका मानिसहरु अगेनामाको छेउमा बसेर सुरुप –सुरुप चिया सुक्राईराहेको भेटिन्छन ।थोरै चियाको बारेमा ईतिहास पल्टाउदा चिया तथा कफी बिकास बोर्ड का अनुसार सन् १९९० ताका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले चिन भ्रमणबाट फर्कदा चिनिया जातका चियाको बिउ नेपाल भित्र्याएका थिए । राणाले ति चियाको बिउ तत्कालिन चिनिया सम्राटबाट उपहार स्वरूप पाएका थिए । त्यहि चिया पिउन सिकाउने चीन दुरदर्सी देश भयो । उ आफ्नो बजार यहि चिया मार्फत दुनिया मा फैलाउँन चाहान्थ्यो । सन् १९४५ ताका एक बाकस भरि चिया लन्डन पुर्याईएको थियो रे । सबै भन्दा चिया खपत हुने देश लन्डन हो भने सबै भन्दा चिया उत्पदान हुने देश भारत हो ।हरेक बैशाख १५ मा चिया दिवस मनाईन्छ । मलाई यो राम्रो पक्ष भनेको कोहि कसैलाई पर्खन पर्यो भने पनि चिया खायो समय काट्यो । काम गरेर थाकिको बेला पनि चिया पियो, तनाब हुंदा चिया पसल तिर छिर्यो भने पनि अनेक थरिका मान्छेहरुको कुरा सुन्यो, कुरा गर्यौ, धेरै समय पछि भेट भएको साथि संग बसेर चिया पिउदा पनि समय बितेको पत्तै हुदैन । हामी चियाका पिएक्कडहरुलाई जुन नया क्याफे खुल्यो त्यहा चिया को स्वाद लिन पुग्छौ । कुनै साथीहरुलाई त चिया र चुरोट खुब जम्छ । ताकी चुरोट को ठुटो मुखमा नझोसी चिया नै मुख बाटै नजाने जस्तो गर्छन यार । अझ मन मिल्ने साथिसंग त एउटै टेबलमा बसेर ३ कप चिया पनि पिएको थुप्रै दिनको सम्झना छ । चियाको बेफाइदा फाईदा बेग्लै होला तर मेरो हकमा – चिया त मेरो ‘प्रमिका’ नै बनिसक्यो, मैले केहि लेख तथा कविताहरु लेख्दा पनि चिया पिउदै लेख्ने गर्दछु । एकछिन भएपनि तनाब बिर्सने, थकान भएको बेलाको बिश्राम, चिया पिउदै फोनमा कुरा गर्न, कुनै योजना बनाउन, राजनैतिक बहस गर्न, कोहि कसैलाई निन्द्रा भगाउन पनि चियाले सहयोग गर्छ । समग्रमा भन्नु पर्दा नेपालीहरुको लत वा आदतकै रुपममा बिकास भैरहेको पनि छ । मलाइ त चिया पिउनु र साथीसंग हात मिलाउनु उस्तै लाग्छ । राजनितिक दलका कार्यक्रममा पनि चियापान भनेर थुप्रै पार्टीहरुले चियापान कार्यक्रम आयोजना गरिराखेको हुन्छन । यसको मतलब चियाको टेस्टले नेपाली राजनीतिक पनि छोडेको छैन.। चियाको प्रभावबाट सर्बसाधारण मात्र होईन ठुला– ठुला नेताहरु, राजनीतिक विश्लेषण, कर्मचारी पर्दछन् । सरकारी कार्यालयमा होस् या प्राइभेट कार्यालयमा किन नहोस पहिला चियाको चुस्की बाट कामका कुरा हुन्छन । तपाई कपडा पसल जानुहोस त्यहाँ पनि चिया बाट ब्यापार सुरु गर्न थाल्छन । तपाई सुन पसल मा जानुहोस् त्यहा बाट पनि चिया ले स्वागत गर्छन । मेरो एउटा रमाइलो घटना पनि छ । नाम चलेकै कपडा पसलमा दशैको बेला सपिंग भन्दा पनि कपडाको मूल्य हेर्न गर्न गएको थिए । पसले साहुजीले भने ‘चिया पिउ सर’ –‘मैले भने ओके’ त्यसपछि चिया आयो म चिया पिउदै गर्दा, उता साहुजी कपडा देखाउदै थिए । म संग पैसा कम थियो । अब चिया पिएपछि कपडा त् किन्नै पर्यो । त्यसपछि दुई जोर मोजा किनेर लगेको याद पनि आउछ । त्यस पछि त्यो पसलमा कहिले गईन ।मेरो अनन्य मित्र डी.ए.पी नरेन्द्र कुमार कार्की पनि निकै चिया पारखी छन् । जाडो या गर्मि किन नहोस् दैनिक रुपमा तिन– चार कप त पीइहालिन्छ नि भन्छन् । ‘चिया त हाम्रो ब्राण्ड नै बनिसक्यो ।’ चिया पिउदा गफिन्छम । अर्का मित्र ब्यबसायी दिपक के.सी, माण्डवी गाउँ पालिका उपाध्यक्ष पूर्ण कालाथोकीले पनि स्वाथ्यको लागी फाइदा घाटा आफ्नो ठाँउमा होला तर समयको सदुपयोग गर्न, ,योजना बनाउन ,भेटघाटमा गफिन, चिया सजिलो माध्यम बनेको सुनाउछन । जाडो मौसम होस् या गर्मि राजनीतिक बजारमा चियाको महत्वपूर्ण भूमिका देखिन्छ । चोकको हरेक क्याफेहरुमा नेताहरुले खुब देश बनाउने गफ ठोक्छन् । पार्टीको अधिबेशन होस महाधिबेसन, या चुनाबमा किन नहोस चिया र राजनीतिक गफ खुब जम्छ । तर बिडम्बना कुरो एउटै छ । दल किन नहोस आफ्नो राजनीतिक भबिस्य बनाउनका निम्ति चिया पसल तिर बसेर देश बनाउने सपनाहरु बुन्छन् । स–साना योजनाका कुराहरु , सरकारी कार्यालयको ढिला सुस्ती, प्राइभेट हस्पिटलको महंगी ,बढ्दो बेरोजगारी ,बैदेशिक रोजगारी, करप्सन , यी यस्ता कुराहरु गरेर कहिले नथाक्ने नेताहरु भोलि ओहोदामा पुगेपछि यी चिया पसलको समस्या प्रति अलिकति पनि सहानिभुती देखाउने छैनन ।लेखक रेडियो स्वर्गद्धारी प्यूठानका स्टेशन म्यानेजर हुन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page