समय : ०३:४१ pm | बिहिबार , असार २६ गते २०८२

एसईई नतिजाः प्युठानमा सबैभन्दा अगाडी झिमरुक  

२४ विद्यार्थी सहभागी भएका मध्य २३ जना उत्तीर्ण भएका हुन।

स्वर्गद्वारी अपडेट | असार १७ गते २०८२

प्युठान।२०८१ सालको एसईई नतिजामा झिमरुक गाउँपालिका प्युठान जिल्लामा सबैभन्दा अगाडी रहेको छ।२ नगरपालिका र ७ गाउँपालिका रहेको प्युठानमा जिल्लामा अरु पालिकालाई पछि पार्दै झिमरुक गाउँपालिकाले उत्कृष्ट नतिजा लिएको हो ।

झिमरुक गाउँपालिका-२ स्थित सर्वोदय माध्यमिक विद्यालय गडेरपानिको यसपटकको सामुदायिक बिद्यालय तर्फ एसइईको नतिजामा जिल्लामै पहिलो भएको छ।एसइई परीक्षा २०८१ को नतिजामा सर्वोदय माध्यमिक विद्यालय गडेरपानिले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण बनाउदै जिल्लामा उक्त विद्यालय प्रथम भएको हो।२४ विद्यार्थी सहभागी भएका मध्य २३ जना उत्तीर्ण भएका हुन।

यो पनि पढ्नुहोस्