नेपाली सेनाद्वारा कङ्गोमा १२ किलाेमिटर सडक निर्माण
स्वर्गद्वारी अपडेट
वैशाख १२ गते २०७९
12:01 PM
स्वर्गद्वारी अपडेट
काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेकाे नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेकाे छ।
श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेकाे हाे ।गएकाे माघ १३ गतेबाट सुरु भएकाे सडककाे निर्माणकार्य वैशाख ७ गते सम्पन्न भएकाे थियाे । कङ्गोमा रहेकाे इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ बेञ्जामिन एलोङ्गा बोनीले सडककाे शुभारम्भ गर्नुभएको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।साथै कार्यक्रममा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।द्वन्द्वग्रस्त देश कङ्गाेमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीबाहेक स्थानीय समुदाय लक्षित जनहितकारी कार्य गर्दै आएकाे छ ।