मंसिर १२ गते २०८०
08:17: PM
मंसिर १२ गते २०८०
08:17: PM

मोदीद्वारा बेलायतका समकक्षी जोनसनलाई राष्ट्रपति भवनमा स्वागत, ‘गार्ड अफ अनर’ प्रदान

वैशाख ९ गते २०७९
1:50 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नुभएको छ । दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' दिइएको थियो ।‘यो भारत–बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो  सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ’, जोनसनले भन्नुभयो ।बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कुटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो–प्यासेफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा वार्ता गर्न भारत भ्रमणको सुरुवातमा जोनसन हिजाे बिहीवार गुजरात आइपुग्नुभएको थियो ।‘उनीहरू (गुजरातका मानिसहरू) ले हाम्रा लागि सानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन । मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलो पटक तपाईँको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो’, जोनसनले भन्नुभयो ।यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुवै पक्षले हैदराबाद हाउसमा दिउँसाे १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page