फागुन १० गते २०८०
06:33: AM
फागुन १० गते २०८०
06:33: AM

युक्रेनसँगकाे युद्धका क्रममा क्षति पुगेको रुसी पानीजहाज समुद्रमा डुब्यो

वैशाख २ गते २०७९
7:35 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
विस्फोटका कारण क्षतिग्रस्त रुसको एउटा पानीजहाज समुद्रमा डुबेको छ । रुसी नौ सेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।ब्ल्याक सीमामा क्षतिग्रस्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।‘मस्क्भा’ नामको लडाकु पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको दाबी छ ।१२ हजार टन तौलको पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । यो जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा बनेको हो । तर रुसले आक्रमणबारे खुलाएको छैन । आगलागी र विस्फोटले जहाजमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयको दाबी छ।पाँच सय १० जना रुसी फौज रहेको पानीजहाज युक्रेनविरुद्ध रुसी नौ सैनिक आक्रमणको प्रमुख मानिएको थियो । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page