सन्तोष सुनार प्युठान । प्युठान स्वर्गद्वारी वहुउद्वेश्यिय एग्रो प्रालीद्वारी मिनि टिलर बितरण गरिएको छ । शनिवार प्युठान नगरपालिका ३ नयाँबजार जुम्रिमा रहेको प्युठान स्वर्गद्वारी वहुउद्वेश्यिय एग्रोद्वारी मल्लरानि गाउपालिका २ कुडारखोलामा जनप्रिय स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत १७ वटाकृषि मेसिनरी औजार उपकरण मिनि टिलर बितरण गरेको प्युठान स्वर्गद्वारी वहुउद्वेश्यिय एग्रो प्रालीका अध्यक्ष विष्नु पाण्डेले स्वर्गद्वारी अपडेटलाई जाकारी दिनुभयो ।कृषि मेसिनरी औजार उपकरण मिनि टिलर बितरण गर्दै अध्यक्ष पाण्डेले कृषकलाई यस मिनि टिलरले गर्नु पर्ने कृषि सम्बन्धि उत्पादन वस्तुहरु उत्पादन गरेर विक्री वितरण गर्न नसकेपनि आफु आत्मनिर्भर भई उदाहरणीय बन्ने विश्वास रहेकाबताउदै कृषकलाई एकतामा रहेर व्यवसायिक उत्पादन तथा फराकिलो बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय प्रमुख भाष्कर पौडेल , जनप्रिय स्मार्ट कृषिका संयोजक तथा कृषकहरुको उपस्थित रहेको थियो ।