काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन स्थगित गरेको छ। सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले प्रदर्शन स्थगित गरेको हो।
रास्वपाले अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।रास्वपाले पोखराबाट सुरु गरेको विरोध प्रदर्शनलाई शुक्रबार काठमाडौंमा निरन्तरता दिएको थियो ।