समय : १०:१८ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानकै ठुलो कृषि फर्म माण्डवीमा

राधिका भुषाल | चैत्र १६ गते २०८०

प्युठान । माण्डवी बहुउदेश्यीय कृषि फर्म प्यूठान जिल्लाकै ठुलो कृषि फर्मको रुपमा विस्तार भएको छ । माण्डवी गाउँपालिका वडा नम्बर १ छबीसेमा बसन्ता घर्तीको दम्पतीले सञ्चालन गरेको फर्म जिल्लाकै ठुलो कृषि फर्म हो ।  

सुरुवाती चरणमा करिब १५ लाख लगानीमा २२ रोपनी जमिन टमाटर खेती गरी कृषि फर्म सञ्चालनमा ल्याएको बसन्ताले बताइन । अहिले जग्गा थप गरि ४४ रोपनीमा मौसमी तथा बेमौसी तरकारी खेती गरि रहेको उनले बताइन । नर्सरीसंगै लहरे जातको सिमी, बोडी, करेला, क्याप्गम, काँक्रा, लौका, फर्सी, खुर्सानी, घिरौला लगायतका तरकारी लगाउने गरेको घर्तीले बताइन । ‘दैनिक १० जना कामदारसंगै हामी दम्पती पनि उत्तिकै खटिएका हुन्छौं ।’ बसन्ताले भनिन्–‘सिजनवेला तरकारी टिप्नको लागि प्रति किलोको २ रुपैया दिएर थप कामदार लगाउने गरेका छौ ।’ स्थानियहरुले रोजगार पनि पाएका छन् भने कृषिबाट आफ्नो गुजारा चलाउन सहज भएको उनले बताइन ।

राज्यले हचुवा तालमा अनुदान विवरण गर्दा राज्यको रकम सम्बन्धित क्षेत्रमा खर्च नभइ दुरुपयोग भइरहेको श्रीधर पुनले बताए । ‘राज्यले साच्चिकै कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने उत्पादनमा आधारित अनुदान वितरण गर्नु पर्छ ।’ श्रीधरले भने–‘अनुदान भोटिङ्ग बैंकको रुपमा वितरण नगरि रोजगार सिर्जना हुने हिसावले सहि ठाउँमा प्रयोग हुनुपर्छ ।’ 

उनले वार्षिक प्रति रोपनीको ८ हजारको दरले  तिर्ने गरी ५ वर्षका लागि जग्गा भाडामा लिइ तरकारी खेती गरेका छन् । माण्डवी गाउँपालिका भित्र तरकारी संकलन केन्द्र स्थापना गरेमा बिचौलिएका समस्या अन्त्य हुनेहुँदा कृषकलाई मार नपर्ने उनको भनाइ छ । मैले राप्ती प्राविधिक शिक्षालयबाट २९ महिने जेटिए पढेकी थिए,’ उनले भनिन–‘पढाइ सकिए लगत्तै मैलै तरकारी खेतीमा जोडिए ।’  थप्दै उनी भन्छिन–‘अधिकांश व्यक्तिहरू पढाई सकिए लगत्तै जागिरको खोजिमा भौतारिरहन्छन् तर म आफैले व्यवसाय सञ्चालन गरेर रोजगारी दिने उद्देश्यका साथ कृषितर्फ होमिएको थिए।’

एक अध्ययनका अनुसार एक सिजनमा सरदर नौ महिनासम्म टमाटर बोटले उत्पादन दिने गर्दछ । प्यूठानमा तरकारी उत्पादन हुँदैन भन्दै हल्ला गर्नेहरूलाई आफूले चुनौती दिन सफल भएकोमा उनी खुसी छिन । जिल्ला बाहिर निर्यात हुँदै व्यवसायी गर्न झनै सहज र सरल भएको उनको भनाइ छ । उमेरले ३५ मात्रै पुगेकी एक महिला बसन्ता घर्तीले उत्पादन गरेको टमाटर जिल्ला बाहिर निर्यात हुन थालेको छ । प्यूठानका सबैजसो ठाउँमा तराइबाट आएको तरकारी आउने र रिक्तो गाडी प्यूठानबाट फर्कीने गरेता पनि अहिले भने त्यसो भएको छैन । लमहीबाट तरकारी लिएर आउने गाडीले उनको फर्ममा पुगेर गाडीभरी टमाटर लोड गरेर दाङ फर्किने गरेको बसन्ताले बताइन।अहिले प्यूठान जिल्लासंगै मुख्य गरी बुटवल, दाङ र रोल्पामा टमाटर पठाउने गरेको उनको भनाइ छ ।

यता माण्डवी गाउँपालिकका प्युठानका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरि हाट बजार संचालनको काम सुरु गरेको बताउछन।पालिका भित्रका कृषकहरुलाई विचौलियाको समस्याबाट बचाउनको लागि हाट बजार संचालन गर्न थालेको उनले बताए। उत्पादनमा आधारित अनुदान वितरण प्रक्रिया थालिएको समेत उनले जानकारी दिए ।        

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page