काठमाण्डौं। हिजो दिनभर बदली रहेको मौसममा सुधार हुन थालेको छ । आज केही ठाउँमा आंशिक बदली रही देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश, बाग्मती, कर्णाली र सुदूरपश्चिम भेगमा मौसम आंशिक बदली हुनेछ ।
तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु लागेको छ । आज देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ । हिजो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा पानी परेको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा १६ तथा बाजुरामा १३ मिलिमिटर पानी परेको छ ।