समय : ०१:०८ am | सोमबार , मंसिर २३ गते २०८१

यस्तो छ आजको मौसम पूर्वानुमान : पहाडका हल्का वर्षा

स्वर्गद्वारी अपडेट | कार्तिक २९ गते २०८१

काठमाडौं।हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराईका केही भागमा हल्का हुस्सु लागेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

विभागले हल्का वर्षा हुने स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने जनाएको छ। हिमाली क्षेत्रमा हल्लका हिमपात हुने भएकाले हिमपातबाट सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्