प्यूठान जिल्ला खेलकुद बिकास समितिमा पदाधिकारी नियुक्त


अनुज पछाई ,प्यूठान । प्यूठान जिल्ला खेलकुद बिकास समितिमा पधादिकारी नियुक्त गरिएको छ । प्रदेश खेलकुद बिकास ऐन,२०७६ को दफा १३ को उपदफा १ तथा प्रदेश खेल नियमावली २०७८ को नियम १० को उपनियम १ मा भएको ब्यबस्था बमोजिम प्रदेश खेलकुद परिषद लुम्बिनिको निर्णयनुसार समिति गठन गरि पदाधिकारी नियुक्त गरिएको हो ।
समितिको अध्यक्षमा हुमलाल नेपालीलाई नियुक्त गरिएको छ । त्यस्तै उपाध्यक्षमा विमल प्रसाद पोख्रेल,कोषाध्यक्ष विष्णु प्रसाद न्यौपानेलाई समितिमा नियुक्त गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भटराईले बताएका छन ।
त्यस्तै सदस्यहरुमा धर्मराज अधिकारी, बिशाल बिश्वकर्मा , दल बहादुर जिसी , शरद रायमाझि,केमान सिंह थापामगर र रञ्चन पौडेललाई नियुक्त गरिएको छ ।