अनुज पछाई , प्यूठान । प्यूठानका एक खेलाडीले अन्तराष्ट्रिय खेलमा कास्य पदक प्राप्त गर्न सफल भएका छन । एसिया हाप्किडो च्याम्पियनसिप–२०२२ मा भएको खेलमा प्यूठानका गुमान घर्ती मगरले कास्य पदक जित्न सफल भएका हुन ।
उज्बेकिस्तानको फर्गानामा १ जुलाईदेखि २ जुलाई सम्म आयोजना भएको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा सहभागी नेपाली प्रतिस्पर्धी गुमान घर्तीमगरले काश्य पदक जितेका हुन् ।
नेपालबाट सहभागी खेलाडी
घर्तीमगर प्यूठान नौबहिनी गाउपालिका निवासी हुन । उनले कास्य पदक प्राप्त गरे संगै नेपाल मार्सल आर्टस हाप्किडो संघ प्यूठानका अध्यक्ष टेकराज केसीले खुशि ब्यक्त गर्दै शुभकामना ब्यक्त गरेका छन । “हुने विरुवाको चिल्लो पात भने झै मेले प्रशिक्षण गर्ने क्रममा घर्ती धेरै सम्भावना बोकेको खेलाडी थिए । आज केहि सपना पुरा भएको मशसुस गरेको छु ।” भन्दै अध्यक्ष केसीले खुशि ब्यक्त गरेका छन ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली प्रतियोगीताको लागी उज्जेकिस्तान प्रस्थान गरेको थियो ।
टिमको प्रशिक्षक भुवन बुढा मगर हुन ।