समय : ०३:४५ pm | आइतबार , माघ ६ गते २०८१

माण्डवीमा आजदेखी दोस्रो अध्यक्ष कप सुरु

स्वर्गद्वारी अपडेट | पौष २६ गते २०८१

प्युठान –माण्डवी गाउँपालिकाको अध्यक्ष कप आजदेखी सुरु भएको छ।माण्डवी गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो। 

माण्डवी गाउँपालिका -३ मार्सिवाङ स्थित रहेको खेलमैदानमा महिला /पुरुष भलिवल प्रतियोगिता र क्रिकेट पुरुष प्रतियोगिता हुनेछन्।सो खेलकुद प्रतियोगिता संबिधानसभाको सदस्य नारायण प्रसाद अधिकारीले उद्घाटन गरेका थिए।उद्घाटन गर्दै उनले अनुशासनबाट नै खेलकुदमा सफलता प्राप्त गर्ने सकिने बताएका थिए।

कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन' ले स्थानीय तहबाट खेलाडी खेलमा सफल हुदै राष्ट्रिय तहसम्म पुग्न सकिने बताउदै स्वास्थ्य र राष्ट्रको  लागि खेलकुद महत्त्वपूर्ण रहेको बताएका थिए।

गाउँपालिका अध्यक्ष अधिकारी 'रोसन'को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी,समाजसेवी रामचन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए। सो खेलकुद प्रतियोगिता आइतबार सम्म संचालन हुनेछ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्