समय : ०३:२५ pm | आइतबार , माघ ६ गते २०८१

माण्डवी गाउँपालिका अध्यक्ष कप हुने

स्वर्गद्वारी अपडेट | पौष २४ गते २०८१

प्युठान।माण्डवी गाउँपालिकाको आयोजनामा अध्यक्ष कप संचालन हुने भएको छ।माण्डवी गाउँपालिकाको वडा नम्बर ३  मार्सिवाङ स्थित खेलमैदानमा शुक्रबारदेखी  अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दोस्रो अध्यक्ष कप प्रतियोगिता हुने भएको हो।पालिका स्तरीय खेलकुद प्रतियोगितामा भलिबल प्रतियागिता(पुरुष /महिला) र पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो। 

भलिबल तथा क्रिकेट प्रतियोगितामा प्रथमलाई चालिस हजार,दोस्रोलाई तिस हजार र तेस्रोलाई बिस हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गर्ने गाउँपालिकाले जनाएको छ। प्रत्येक खेल विधाबाट एक एक जना उत्कृष्टलाई नगद पाँच हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गर्ने माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले बताए।

          

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्