समय : १२:२१ pm | बिहिबार , मंसिर ६ गते २०८१

वर्षात कारण नेपाल र श्रीलङ्काको खेल रद्द

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल वर्षात परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग खेल्नेछ ।

नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्