समय : १०:१४ am | सोमबार , श्रावण २५ गते २०८३

प्युठानमा वनमाराको झाडीमा बन्दुक

बरामद गरिएका बन्दुकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

स्वर्गद्वारी अपडेट | श्रावण २४ गते २०८३

प्युठान।प्युठानमा वनमाराको झाडीमा भरुवा बन्दुक फेला परेको छ।प्रहरीको नियमित गस्ती तथा स्थानीयको सूचनाका आधारमा बेवारिसे अवस्थामा ती हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

शनिबार झिमरुक गाउँपालिका-४ छहरापातल स्थित हरिया पातल सामुदायिक बनमा वनमाराको झाडीमा २ थान भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय ओखरकोटका प्र.स.नि.निर्दोष जिसीले बताएका छन्।     

प्रहरीका अनुसार अवैध हतियार राख्दा जोखिम हुनसक्ने त्रासका कारण व्यक्तिहरूले ग्रामीण क्षेत्र, जङ्गल वा ओढारजस्ता स्थानमा यस्ता बन्दुक छोडेर गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

बरामद गरिएका बन्दुकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्