समय : १०:१६ am | शनिबार , श्रावण १२ गते २०८१

महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दै

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८०

  भदौ ९ - चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दैछन् ।

फाइनल खेल मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे शुरु हुनेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् ।

नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले कुवेत र हङकङलाई हराएको थियो । हङकङ पनि मलेसियाभन्दा नेटरनरेटमा अघि रहँदै फाइनलमा पुग्यो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page