समय : ०६:१५ am | बिहिबार , कार्तिक ८ गते २०८१

आईपीएल क्रिकेटमा दिल्लीले बैंग्लाेरलाई ७ विकेटले हरायो

स्वर्गद्वारी अपडेट | वैशाख २४ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ ।जितका लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।दिल्लीका फिलिप साल्टले सर्वाधिक ८७ रन बनाए । उसका राइली रोसोउ ३५ रनमा अविजित रहे । मिचेल मार्श २६ र डेविड वार्नर २२ रनमा आउट भए ।बैंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एक/एक विकेट लिए । त्यसअघि दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।बैंग्लोरका महिपाल लोमरोरले अविजित ५४ रन बनाए । उनको आईपीएल क्रिकेटमा पहिलो अर्धशतक हो । विराट कोहली ५५ तथा फाफ डु प्लेसिस ४५ रनमा आउट भए ।दिल्लीका मिचेल मार्शले २ विकेट लिए । मुकेश कुमार र खलिल अहमदले एक/एक विकेट लिए ।जितसँगै दिल्ली १० खेलमा ८ अंकका साथ नवौं स्थानमा उक्लिएको छ । बैंग्लाेर समान खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।हिजो भएको पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्