नेपालगञ्ज, बैशाख 4 गते । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिँदा शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाईते भएका छन् ।
कोहलपुर– २ स्थित भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको थियो । ओभरटेक गर्नेक्रममा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका –४ का ४० वर्षीय रेशम डाँगीको मृत्युभएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते हुनुभएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।
यो पनि पढ्नुहोस्
ट्रेण्डिङ्ग
-
१ प्यूठान कांग्रेसमा अधिवेशनअघि नै नेतृत्व घोषणा, सभापति गिरीले रिजाललाई ‘उत्तराधिकारी’ बनाएपछि विवाद
-
२ झिमरुकले एक वर्षमा फर्छ्योट गर्यो ६ करोड ७२ लाख बेरुजु
-
३ स्वर्गद्वारीमा एक करोड बढीको लागतमा सडक बत्ती जडान
-
४ जिल्ला सदस्य कालाथोकीले काँग्रेस छोडे
-
५ प्यूठानमा पाँच दिनपछि मृत भेटिए २७ वर्षीय युवा






