समय : ०१:४६ pm | बुधबार , माघ २ गते २०८१

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ

स्वर्गद्वारी अपडेट | भाद्र १२ गते २०८१

बुटवल।लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले शपथ लिएका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो ।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँण केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको विशेष उपस्थिति थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्