समय : ०६:३५ pm | शुक्रबार , जेठ २२ गते २०८३

कांग्रेसले फेरि थप्यो क्रियाशिल सदस्यता नविकरण गर्ने समय

स्वर्गद्वारी अपडेट | जेठ २२ गते २०८३

काठमाडौँ । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि फेरि थप गरेको छ ।

पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले बिहीबार सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ः०० बजेसम्म थप्ने निर्णय गरेको हो।

देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको अवस्थामा समय अपुग भएको गुनासो आएपछि समथ थप गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

दुलालका अनुसार यो समयावधि थपलाई अन्तिम पटक भनिएको छ।

कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्नेको संख्या घट्दै गएको छ। २०७८ सामा भएको पार्टीको १४ औं महाधिवेशनमा ८ लाख ५० हजार क्रियाशील सदस्य रहेको कांग्रेसको दाबी छ।

गत पुससम्म चार लाख ५० हजारले नवीकरण गरेका थिए। एक लाख ५० हजारले नयाँ सदस्यता लिएका थिए ।

विद्युतीय माध्यमबाट वैशाख १ गतेदेखि सुरु गरिएको अभियानका क्रममा बिहीबारसम्म करिब चार लाखले मात्रै अध्यावधिक गराएका छन्। पछिल्ला केही दिनमा अध्यावधिक गर्नेको संख्या उल्लेख्य थियो।

यो पनि पढ्नुहोस्