समय : ०१:२० pm | आइतबार , वैशाख १३ गते २०८३

गोठ भत्किँदा दुई वर्षीया बालिकाका मृत्यू

स्वर्गद्वारी अपडेट | असार ३२ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङको घोराही उपमहानगरपालिका–९ मा गोठ भत्किँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ। घोराही उपमहागनरपालिका–९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो। गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो पनि पढ्नुहोस्