समय : १२:४९ pm | शनिबार , श्रावण १२ गते २०८१

आज विश्वकर्मा पूजा मनाइँदै

स्वर्गद्वारी अपडेट | असाेज १ गते २०८०

प्युठान,असोज १ गते ।यन्त्र र औजारको पूजा अर्चना गरेर सोमबार विश्वकर्मा पूजा मनाइँदैछ।

यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।


विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरेर निराहार व्रत बसी पूजाआजा सकिएपछि मात्र प्रसाद ग्रहण गर्ने र रातभर जसो अर्चना गरिन्छ । पूजा सकेर भोलिपल्ट मात्र विश्वकर्मा यात्रा गर्ने गराउने चलन छ । सैलुन, फर्निचर कारखाना, औषधालय, आरन लगायतका उद्योग व्यवसाय विश्वकर्मा पूजाका दिन बन्द हुन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page