राजेन्द्र रावत क्षेत्री
भदौ ६ कपिलवस्तु ।नेपाल कम्युनिस्ट पार्टी को सहायक संगठन युवा संगठन नेपाल पश्चिम लुम्बिनी व्युरोले कृष्णनगर भन्सार छलिगरी अवैध रुपमा भित्रयाउदै गरेको खसिहरु कब्जामा लिएको छ ।

बुधवार दिउँसो भारतबाट अवैध रुपमा ल्याउदै गरेको खसिहरु बुद्धभुमि नगरपालिका स्थित चम्पापुरमा युवा संगठनले कब्जामा लिएको युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम लुम्बिनी व्यूरो इन्चार्ज सागर सी ले जानकारी दिए । सिमा क्षेत्रमा दिन प्रतिदिन तस्करी बढिरहेकोले नियन्त्रणका लागि युवा संगठनले सक्रियता बढाएको छ । नियन्त्रणमा लिएका अवैध खसिहरु कृष्णनगर भन्सार कार्यालयमा बुझाईएको इन्चार्ज सागर सी ले बताए । लु ३ च ७१८६ नम्बरको बोलेरो जिपमा ल्याइएको करिब ६० वटा अवैध खसिहरु युवा संगठनले नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइएको छ ।
