प्यूठान।प्यूठान जिल्लामा लामो समयदेखी क्रियाशिल गैर सरकारी संस्था जन ज्योति सामुदायिक विकास केन्द्र प्यूठानले समुदायका सामाजिक कार्यमा आफ्नो सक्रियता बढाएको छ।गत शनिवार सामुदायिक बनमा देखिएको समस्याको समाधानका लागि स्थानीय उपभोक्ता तथा सरोकारवालाहरुसँग बन संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष किरण के.सी जानकारी दिए।
संस्थाले समाजमा देखिएका नयाँ विषय तथा समस्याहरुको उठान गरि संम्बन्धि निकायमा समाधानको लागि ध्यानाकर्षण तथा सचेतिकरण सम्बन्धि गैर सरकारी संस्थाका परम्परागत कार्यहरुको थालनी गरिएको अध्यक्ष किरण के.सीको भनाई छ।यस्तै स- साना गतिविधिहरुले पनि समाजमा रहेका व्यक्तिहरुवीच सामाजिक अन्तरक्रिया मार्फत सामाजिक एकतामा टेवा पुर्याउन मद्दत गर्दै आएको छ।

जन ज्योतिले आफ्नो गाउँ आफै बनाउ भन्ने अभिप्रायले गाउँघर सरसफाइ अभियान, स्थानीय नहरकुलो संरक्षण र्याली लगाएतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। जिल्लाभर कार्यक्षेत्र भएको यस संस्थाले आगामि दिनहरुमा कार्यक्रमको क्षेत्र र विषयबस्तुको दायरा फराकिलो पार्ने बताएको छ ।
जिल्लामा लामो समयसम्म विभिन्न दातृ निकायको सहयोगमा धेरै प्रकारका कार्यक्रमहरु संचालन गरेको जन ज्योतिले अब आफ्नो आन्तरिक श्रोतमार्फत सामाजिक सचेतिकरण तथा पैरवी सम्बन्धि कार्यक्रमहरु अगाडि बढाउने अध्यक्ष के.सी. बताए।
साथै सामाजिक विकासको क्षेत्रमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसँग जोडिने तथा सहकार्य समेत गरिने संस्थाले जनाएको छ ।