समय : ०१:१६ pm | सोमबार , श्रावण ११ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

स्वर्गद्वारी अपडेट | श्रावण ११ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुनको मूल्य तोलामा दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ कारोबार भइरहेको महासंघले जनाएको छ ।  आइतबार भने चाँदी तोलामा चार हजार ४१० रुपैयाँमा कायम भएको थियो । 

यो पनि पढ्नुहोस्