समय : ०३:४९ am | आइतबार , असाेज १७ गते २०८३

प्युठानमा प्रमुख जिल्ला अधिकारी नहुँदा निमित्तको काँधमा जिम्मेवारी

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८३

प्यूठान।प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको सरुवा भएपछि प्यूठान जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा चलेको छ।
गृह मन्त्रालयले असोज १४ गतेदेखि लागू हुने गरी प्रसाईंलाई सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेपछि प्यूठान प्रमुख जिल्ला अधिकारीविहीन भएको हो।

प्रमुख जिल्ला अधिकारीको सरुवा भए पनि गृह मन्त्रालयले प्यूठानमा तत्काल अर्को प्रमुख जिल्ला अधिकारीको व्यवस्था नगर्दा प्रशासन कार्यालयको नेतृत्व निमित्त प्रमुख जिल्ला अधिकारीले सम्हाल्दै आएका छन् ।
हाल प्रशासकीय अधिकृत महेश केसीले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।उनले जिल्ला प्रशासन कार्यालयबाट हुने नियमित प्रशासनिक तथा शान्ति–सुरक्षासम्बन्धी कामकारबाहीलाई निरन्तरता दिइरहेका छन्।
प्रमुख जिल्ला अधिकारी जिल्लाको समग्र शान्ति–सुरक्षा, प्रशासनिक समन्वय तथा विपद् व्यवस्थापनलगायत महत्वपूर्ण जिम्मेवारीमा रहने पद भएकाले लामो समयसम्म स्थायी प्रमुख जिल्ला अधिकारीको व्यवस्था नहुँदा प्रशासनिक नेतृत्वमा असर पर्न सक्ने देखिन्छ।
गृह मन्त्रालयले प्यूठानका लागि नयाँ प्रमुख जिल्ला अधिकारी नियुक्त गर्ने विषयमा भने हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

यो पनि पढ्नुहोस्