प्युठान ।प्युठानमा भरुवा बन्दुक फेला परेको छ। सरुमारानी गाउँपालिका-५ स्थित जसपुर सामुदायिक वनबाट एक थान अवैध भरुवा बन्दुक फेला परेको हो ।
अस्थायी प्रहरी बडडाडाबाट खटिएको प्रहरी टोलीले उक्त भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी उपरीक्षक एवं सुचना अधिकारीले हरि भटराईले बताए ।
वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








