समय : ०७:२३ pm | बिहिबार , वैशाख २४ गते २०८३

प्युठानमा साढे तीन वर्षपछि कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी पक्राउ

सुनारविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

स्वर्गद्वारी अपडेट | वैशाख २४ गते २०८३

प्यूठान।कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले साढे तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्क निवासी ३२ वर्षीया चेती सुनार रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार २०७९ मंसिर १ गते ६३ वर्षीय धनीकुमार सुनार घरमै गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेका थिए। घटनापछि गरिएको अनुसन्धानका क्रममा मृतककी सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक एवं सुचना अधिकारी हरि भट्टराईका अनुसार पक्राउ परेकी सुनारविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

यो पनि पढ्नुहोस्