समय : ०५:५८ pm | सोमबार , वैशाख २१ गते २०८३

प्युठानमा निर्माण व्यवसायीमाथि कुटपिट गर्ने २ जना पक्राउ

स्वर्गद्वारी अपडेट | वैशाख २१ गते २०८३

प्युठान।प्युठानमा निर्माण व्यवसायीमाथि कुटपिट गर्ने दुई  जना  पक्राउ  परेका छन्।आइतबार बाग्दुला स्थित ललित होटल तथा ललित निर्माण सेवा बाग्दुलाका संचालक दधिराम भण्डारी माथि भौतिक आक्रमणको घटना भएको हो।

पक्राउ पर्नेमा सरुमारानी गाउँपालिका – वडा ६ का वर्षको २६ अन्दाजी  यमराज पुन र  वर्ष २५ को अन्दाजी कुमार राना मगरलाई प्रकाउ गरि दुई जना बिरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी हरि भट्टराईले जानकारी दिए।

निर्माण कार्यको सिलसिलामा कार्यक्षेत्रमा खटिएकै अवस्थामा सांघातिक आक्रमण भएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले बताए।उक्त घटनालाई प्यूठान उद्योग बाणिज्य संघले विज्ञप्ती प्रकाशन गरेर घटनामा संलग्न दोषिलाई कानुनी कारवाहीको माग गरेको छ।

कुटपिटबाट सुबेदीको टाउको तथा शरिरका बिभिन्न भागमा चोटपटक लागेको  छ ।घटनाको कारण भने खुल्न सकेको छैन।

यो पनि पढ्नुहोस्