समय : ११:२६ pm | बिहिबार , वैशाख १७ गते २०८३

मातृभूमिले दियो मृतक परिवारका सदस्यलाई बिमा रकम

स्वर्गद्वारी अपडेट | वैशाख १७ गते २०८३

प्युठान। मातृभूमि लघुबित्त वित्तीय संस्था लिमिटेडले मृतकका परिवारलाई कर्जा विमा हस्तान्तरण गरेको छ।

लघुवित्तको समूहमा आबद्ध भई सरल कर्जा उपयोग गरेकी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मगरी निवासी सावित्रा बुढा मगरको मृत्युपछि लघुवित्तले उनका घरपरिवारलाई लघु बिमा बापतको रकम उपलब्ध गराएको हो।

स्वर्गद्वारी नगरपालिका वडा -९ का वडा सदस्य इन्द्र बहादुर घर्ति मार्फत मृतकका श्रीमान देव राज बुढा मगर बिमा बापतको रकम ६ लाख ४३ हजार ६०९ रुपैंया हस्तान्तरण गरेको मातृभूमि लघुवित्त वित्तीय संस्था विजुवारका उद्यम बिकास संयोजक राजन थापाले बताए।

मृतक घर्तीले २०८२ पौष देखी लघुवित्तको सरल कर्जाको उपयोग गरेकी थिइन्। उनको गत चैत्र २६ गते मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस्