प्युठान।खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ।
जिल्लाको ऐरावती गाउँपालिका–५ स्थित बदर खोला सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा २३ वर्षीय बिनोद के.सी. र २१ वर्षीय रमेश के.एम.रहेका छन्।उनीहरुले बैशाख ६ गते वनमा आगो लगाएका थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्युठान पठाइएको प्रहरीले जनाएको छ।








