समय : १०:४७ pm | आइतबार , वैशाख १३ गते २०८३

समानुपातिकमा रास्वपाको मत ५० लाख कट्यो

एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो।

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०८२

प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ५० लाख मत कटाएको छ।

एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उल्लेख्य मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ।

प्रत्यक्षतर्फ कांग्रेसले १८ र एमालेले ९ सिट जितेका छन्। प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपाले समानुपातिकतर्फ हालसम्म ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ।

यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।

यो पनि पढ्नुहोस्