समय : ०९:०९ am | बिहिबार , वैशाख ३ गते २०८३

इलाका प्रशासन कार्यालय जस्पुर ५ दिन बन्द हुने

स्वर्गद्वारी अपडेट | फागुन १७ गते २०८२

प्युठान।इलाका प्रशासन कार्यालय जस्पुर  भोलि देखि ५ दिनका लागि बन्द रहने भएको छ।


आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले तोकेका विभिन्न मतदान केन्द्रमा कार्यालयका सम्पूर्ण कर्मचारी खटिनुपर्ने भएकाले सेवा प्रवाह स्थगित गरिने कार्यालयले  जनाइएको छ।

का.मु शाखा पिताम्बर भण्डारीद्वारा जारी सूचनामा सम्बन्धित सबै सेवाग्राहीलाई सो दिन कार्यालय बन्द रहने जानकारी गराएका हुन्।

यो पनि पढ्नुहोस्