समय : ०६:३० am | सोमबार , मंसिर १ गते २०८२

प्युठानमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु  

माण्डवी–२ रातापानी विष्णु घर्तीको बिजुवार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वर्गद्वारी अपडेट | कार्तिक ९ गते २०८२

प्युठान।प्युठानको माण्डवी गाउँपालिका–३ देबिस्थान (अरङ खोला) मा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ।  

गत राति लु.२५ प ७०१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक माण्डवी–२ रातापानी (चिलौने) निवासी २३ वर्षीय विष्णु घर्तीको बिजुवार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

यो पनि पढ्नुहोस्