समय : ०४:३४ pm | बिहिबार , असार २६ गते २०८२

प्युठानमा ६ महिनादेखि हराएका व्यक्ति मृत फेला

रुचाल २०८१ साल पौष १५ गतेदेखि बेपत्ता भएका थिए।

स्वर्गद्वारी अपडेट | असार ८ गते २०८२

प्युठान।प्युठानमा ६ महिनादेखि सम्पर्क बिहिन रहेका एक व्यक्ती मृत अवस्थामा फेला परेका छन्।

प्युठान नगरपालिका–८ निवासी मिट्ठु रुचालका जेठा छोरा प्रेम रुचालको शव ६ महिना पछि हिजो फेला परेको हो।अहिले रुचालको शव जिल्ला अस्पताल प्युठानमा रहेको शवगृहमा राखिएको छ।

रुचाल २०८१ साल पौष १५ गतेदेखि बेपत्ता भएका थिए।बेपत्ताको लामो समयपछि, शनिबार मात्र उनी मृत अवस्थामा फेला परेका हुन्।उनको शव प्युठान नगरपालिका–६ स्थित लम्छ्याङ्गको खर्क धनचौर सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्